प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैत भ्रष्टाचार मुद्दामा दोषी ठहर

इसमाद इसमाद    62 Views
प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैत भ्रष्टाचार मुद्दामा दोषी ठहर
2Shares

२८ पुष, काठमाडौं

सिरहाको नरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवेश कुमार झा र लेखापाल सुरेशकुमार कुसियैत भ्रष्टाचारी ठहर भएका छन् । आइतबार विशेष अदालतले हिनामिना गरेको मुद्दामा उनीहरुलाई दोषी पाएको हो ।

विशेषका अनुसार प्रमुख प्रशासकीय अधिकृत भुवेश कुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई जनही ६–६ महिना कैद सजाय सुनाइएको छ । उनीहरुले बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवाना समेत तिर्नुपर्ने फैसलामा उल्लेख छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले ६ महिना अघि दायर यस मुद्दामा फैसला गरेको हो । २५ असार ०८१ मा दायर यस मुद्दामा दुवै जनामाथि कसूर कायमको फैसला भएको हो । उनीहरुले औषधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

आर्थिक वर्ष ०७४÷७५ मा गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भइ खरिद भएको ५७ प्रकारका औषधिजन्य मालसामानमा अनियमितता भएको भन्दै उजुरी परेको हो । अख्तियारको अनुसन्धान अनुसार गाउँपालिकाले कूल २२ लाख ६१ हजार रुपैयाँभन्दा बढीको औषधि खरिद गरेको थियो ।

तर १६ हजार ४१ लाख रुपैयाँबराबरको औषधि मात्र वितरण भएको देखिएको थियो । बाँकी औषधि कहाँ रहेको भनी खुलाउन नसकेको तथा स्टोरमा पनि नभेटिएको विशेषले राय किताबमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार