पाकिस्तान र अफगानिस्तानबीच दूरी : के पाकिस्तानले साँच्चै कारवाही गर्न चाहेको हो ?

एजेन्सी एजेन्सी    109 Views
पाकिस्तान र अफगानिस्तानबीच दूरी : के पाकिस्तानले साँच्चै कारवाही गर्न चाहेको हो ?
1Shares

२१ असार, काठमाडौं

पाकिस्तान सरकारले हालै अफगानिस्तानको सीमामा उक्त देश भित्र कारवाही गर्ने संकेत दिएसँगै दुई देशबीच दूरी बढेको आँकलन गर्न सकिन्छ । यद्यपि पाकिस्तानभित्रै पनि यो विषयमा विरोध भइरहेको छ ।

पाकिस्तानले चरमन्थी मानेको तहरिक–ए–तालिबान (टिटिपी)ले अफगानी भूमि प्रयोग गरे आक्रमण गरिरहेको भन्दै आक्रोश व्यक्त गरेको छ । टिटिपीलाई आफ्नो भूमि प्रयोग गर्नबाट रोक्न र चिनियाँ तथा पाकिस्तानी फौजमाथि आक्रमण गर्नबाट रोक्न अफगान सरकार असफल भएको आरोप पाकिस्तानले लगाएको छ ।

टिटिपीका सम्बन्धमा पाकिस्तानी प्रशासन र सरकारले विभिन्न समयमा सूचना र प्रमाण दिए पनि तालिबान सरकारबाट आफूहरुको आशंका निवारणका लागि कुनै प्रयास नभएको बताइएको छ । उक्त समूहले पाकिस्तानमाथि आक्रमणको योजना बनाइरहँदा अफगानिस्तानले उपयुक्त वातावरण बनाएकोमा पाकिस्तानी सुरक्षा अधिकारीहरु चिन्तित देखिन्छन् ।

यस अघि पनि पाकिस्तानले अफगानिस्तानमाथि कारवाही गरिसकेको छ । गएको मार्च महिनामा तालिबानले आफूमाथि पाकिस्तानबाट आक्रमण भएको जनाएको थियो ।

उक्त आक्रमणका बारेमा अपÞmगÞान सरकारका प्रवक्ता जÞबीउल्लाह मुजाहिद ले एक बयान जारी गरेका थिए । जसअनुसार पाकिस्तानले गरेको हवाइ आक्रमणमा परी पांच महिला र तीन बालबालिकाको ज्यान गएको थियो ।

जवाफ दिँदै पाकिस्तानको विदेश मन्त्रालयले भने उक्त अपरेसनमा हाफिज गुल बहादुर समूहसँग सम्बन्ध राख्ने आतंकवादीलाई केन्द्रित गरी आक्रमण गरिएको जनाएको थियो ।

किन हो कारवाहीको आशंका ?
पछिल्लो पटक पुनः कारवाहीको चेतावनी दिइरहेको पाकिस्तानले चीनको दबावमा उक्त कारवाही गर्न चाहेको आरोप लागिरहेको छ । पाकिस्तानी रक्षा मन्त्रीको वक्तव्य पछि पुनः यो प्रश्न सतहमा आएको हो ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले अतितमा समेत यस्ता कारवाही गरिएको भन्दै बताएका थिए, ‘आवश्यकता महसूस भयो भने अपरेसन अजूम–ए–इस्तेहकाम अन्तरगत अफगानिस्तानमा रहेको तहरीक–ए–तालिबान पाकिस्तानलाई निसाना बनाउन सकिन्छ ।’ बिबिसीलाई अन्तरवार्ता दिँदै उनले कारवाही जारी राखिने जनाएका थिए ।

‘हामीले अफगानिस्तानको सीमाभित्र गएर कारवाही गर्यौँ, किनकी उनीहरुको सीमानाभित्रका मान्छेहरु पाकिस्तानमा कारवाही गरिरहेका छन् । अब उनीहरुलाई हामी केक र पेस्ट्रि त ख्वाउन सक्दैनौँ,’ ख्वाजाले थपे । उनले भविष्यमा पनि यस्ता कारवाही निरन्तर रहने बताए ।

अन्तरराष्ट्रिय कानूनअनुसार यस्तो आक्रमणको सूचना सम्बन्धित राष्ट्रलाई दिनुपर्ने हुन्छ । तर नदिनुको कारणबारे मन्त्री ख्वाजाले भने, ‘हामी भन्न सक्दैनौँ कि हामी आउँदै छौँ, तपाइँहरु तयारी गर्नुस् ।’ यसबाट सरप्राइज एलेमेन्ट समाप्त हुने उनको भनाइ थियो ।

तर अफगान सरकारले भने मन्त्री ख्वाजाको उक्त बयानलाई असमझदारी भनी टिप्पणी गरेको छ । तालिबानको रक्षा मन्त्रालयले सोसल मिडिया प्लेटफर्म एक्समा एउटा बयान सार्वजनिक गरेको छ, जसमा पाकिस्तानी मन्त्रीले दिएको उक्त बयान असमझदारीको विषय भएको तथा यसले अविश्वास बढाउने र कसैको हितमा नभएको उल्लेख छ ।

यस्तो संवेदनशील विषयमा यसरी हलुका बयान दिने अनुमति नदिन तालिबानले पाकिस्तानको नेतृत्वसँग आग्रहसमेत गरेको छ । अर्कोतिर दोहामा अपÞmगÞान तालिबानका राजनीतिक कार्यालय प्रमुख सोहैल शाहीनले पाकिस्तानका रक्षामन्त्रीको उक्त बयानमाथि प्रतिक्रिया दिँदै आफूले अफगानिस्तानलाई क्षति गर्ने अनुमति कसैलाई नदिएको बताए ।

एक टेलिभिजनसँग उनले भने, ‘हामी न त कसैलाई क्षति पुर्याउँछौँ, न त क्षति पुर्याउने अनुमति दिन्छौँ । न त हामी कसैको आन्तरिक मामिलामा हस्तक्षेप गर्छौँ ।’

दुई देशको सम्बन्धका जानकारहरु भने पछिल्ला वर्षहरुमा पाकिस्तानमा बिना कुनै स्पष्ट शर्त र सम्झौताअनुसार अफगानिस्तानबाट आतंकवादी ल्याइएको तथा जेलहरुबाट समेत रिहा गरिएको बताउँछन् ।

यस्तोमा दुई देशबीच सम्बन्ध तनावपूर्ण बन्ने सम्भावना अझ धेरै रहन्छ । आक्रमण र युद्धको परिस्थितिसमेत आउनसक्नेमा विज्ञहरु चिन्तित देखिन्छन् ।

1 thought on “पाकिस्तान र अफगानिस्तानबीच दूरी : के पाकिस्तानले साँच्चै कारवाही गर्न चाहेको हो ?

  1. Some times its a pain in the ass to read what website owners wrote but this web site is very user genial! .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार