असार मध्यसम्म १० प्रतिशत रोपाइँ पनि सकिएन, सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा

इसमाद इसमाद    91 Views
7Shares

१५ असार, काठमाडौं ।

असार मध्य आइसक्दा देशभरमा १० प्रतिशत रोपाइँ पनि सकिएको छैन । कृषि विभागका अनुसार देशभरमा ९.८ धान रोपाइँ सकिएकोमा सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ ।

सात वटै प्रदेशबाट प्राप्त तथ्यांकअनुसार यस अवधिसम्ममा ९.८ प्रतिशत मात्र धान रोपाई सकिएको हो । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ ।

जसमध्ये १ लाख ३६ हजार ४ सय ११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । मधेश प्रदेशमा ३ प्रतिशत पनि रोपाइँ नसकिएको विभागले जनाएको छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा रोपाइँ सकिएको छ । कर्णालीको २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको तथ्यांक छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत, बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ भने लुम्बिनीमा ८.८ प्रतिशत भूभागमा रोपाइँ सकिएको तथ्यांक छ । गण्डकीमा ८.३ प्रतिशत र कोशी प्रदेशमा ५.६ प्रतिशत तथा मधेश प्रदेशमा २.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।

1 thought on “असार मध्यसम्म १० प्रतिशत रोपाइँ पनि सकिएन, सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा

  1. I’m no longer positive where you’re getting your info, however good topic. I needs to spend some time learning more or understanding more. Thank you for great information I used to be looking for this info for my mission.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार