२१औँ धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

इसमाद इसमाद    91 Views
२१औँ धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै
0Shares

१५ असार, काठमाडौं ।

देशभर २१औँ राष्ट्रिय धान दिवस बिहीबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ । यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारा तय गरिएको छ ।

दिवसका अवसरमा विभिन्न स्थानमा सामूहिक धान रोप्ने कार्यक्रम भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको थियो ।

कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । आज असार १५ लाई दही चिउरा खाने दिनका रुपमा पनि किसानले मानाउने गरेका छन् ।

1 thought on “२१औँ धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

  1. Merely wanna remark on few general things, The website style and design is perfect, the content material is rattling fantastic : D.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार