कोशी प्रदेश सरकार गठन विवादमा आज फैसला आउँदै

इसमाद इसमाद    151 Views
कोशी प्रदेश सरकार गठन विवादमा आज फैसला आउँदै
3Shares

११ असार, काठमाडौं

कोशी प्रदेश सरकार गठन विवादमा सर्वोच्च अदालतले मंगलबार फैसला गर्दैछ । सर्वोच्चले पूर्ण इजलासबाट यो विवाद टुंग्याउन लागेको हो ।

आज अन्तिम बहस सकिएसँगै आजै फैसला आउने सम्भावना छ । यो मुद्दा न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको इजलासमा छ ।

सर्वोच्च स्रोतका अनुसार सुनुवाइ सकिएपछि अहिले तीनै जना न्यायाधीश फैसला लेखनमा जुटेका छन् । उक्त फैसलाले नै कोशी सरकार कसको नेतृत्वमा जाने सो कुरा तय हुनेछ ।

केदार कार्कीको रिट जारी भएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की नियुक्त हुनेछन् । अर्कोतिर खारेज गरेमा भने हिक्मत कार्कीकै नेतृत्वमा प्रदेश सरकार रहनेछ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हालका मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत विपक्षी बनाउँदै रिट दायर गरेका थिए । जसमाथि जेठ ३१ देखि नै सुनुवाइ हुँदै आएको छ ।

आफूलाई हटाएर प्रदेश प्रमुखले हिक्मत कार्कीलाई मुख्यम्नत्रीमा नियुक्त गरेको भन्दै उक्त निर्णय बदरको मागसहित केदार कार्की सर्वोच्च पुगेका हुन् ।

रिट निवेदक कार्कीले २०८० भदौ २१ मा सर्वोच्चकै पूर्ण इजलासबाट भएको फैसलालाई समेत आधार मानेर आफूमाथि अन्याय भएको निवेदनमा उल्लेख गरेका छन् । उक्त मितिमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासले गरेको फैसलामा सरकार गठनका लागि पटक पटक एउटै धारा प्रयोग गर्न नमिल्ने उल्लेख छ ।

1 thought on “कोशी प्रदेश सरकार गठन विवादमा आज फैसला आउँदै

  1. Normally I don’t read post on blogs, however I would like to say that this write-up very compelled me to check out and do so! Your writing style has been surprised me. Thank you, very great article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार