म एसएलसी दिएर काठमाडौं आउँदा यहाँ मनु मखुः मस्र्या भन्ने चलन थियो । अर्थात् मान्छे होइन मधेसी हो भनेर । म नवलपरासीको, तराईको मान्छे । म काली थिएँ । मेरो साथी गोरी थिइन् । अनि उनलाई ह्वाइट प्यान्थर मलाई ब्ल्याक प्यान्थर भनेर बोलाउँथे । म त्यो परिवेशबाट हुर्केर आएकि हुँ ।
हुन त तराईमा पनि फ्युडल सोसाइटी थियो । जमिनदार वर्ग थियो, जातका आधारमा विभेद थियो । कसैले छोएको पानी पनि खान नहुने, त्यो समाजबाट आएँ । मेरो समुदायमा छोरी–छोरी मात्र पायो, छोरा पाउनु त सपना नै हुने भयो भनेर बुवाले मेरो नाम नै सपना राखिदिनुभयो ।
तर पनि मैले अध्ययनका लागि काठमाडौं आउने अवसर पाएँ । अनि केही गर्नुपर्छ भन्ने सोच आयो । किनकी म जुन समाजबाट आएँ, शिक्षाबाट नै स्थापित सोच परिवर्तन गर्न सकिन्छ भन्ने लाग्थ्यो ।
मैले एसएलसी दिँदा पनि अप्सनल म्याथ लिएकी थिएँ । अनि मलाई स्केच बनाउन मन पथ्र्यो । आर्किटेक्ट बन्ने इच्छा थियो । त्यसैले इञ्जिनियरिङ र ल कलेज दुवैमा एप्लाइ गरेँ । दुवैतिर नाम निस्कियो । आमाले भने छोरी डक्टर बनोस् भन्ने चाहनुहुन्थ्यो ।
म बच्चैदेखि विभेदविरुद्ध र न्यायको पक्षमा उठ्नुपर्छ भन्ने सोच्थेँ । त्यसैले कानून पढेँ । तर म बहकिएँ । मैले कर्पोरेट ल पढेँ । फरक विषय पढेँ । ट्रेनिङ पनि कर्पोरेट लकै गरेँ । राम्रो लयर बन्न नलेज मात्र होइन स्किल पनि आवश्यक छ ।
१० वर्षसम्म टुरिज्म क्षेत्रमा कर्पोरेट लयरका रुपमा काम गरेँ । तर म यो प्रोफेसनमा रहँदै प्रो बोनो (निःशूल्क कानूनी सहायता) गर्छु भनेँ । महिलाको केस हेर्थेँ । तर कानून नै न्यायको लागि बाधा रहेको देखेँ । नागरिकता, सम्पत्तिको हकजस्ता कुरा महिलाका लागि थिएनन् । हिंसा हुँदा पनि त्यो अपराध हुँदैनथियो । त्यसपछि नै मैले कर्पोरेट ल त्यागेर पिआइएल लयर बनेँ ।
कानून कस्ताे छ भन्ने महत्वपूर्ण हाे
कानून भएर मात्र हुँदैन, कानून कस्तो छ भन्ने महत्वपूर्ण हो । न्यायको आवश्यकता सम्बोधन गर्दैन भने त्यो अन्यायपूर्ण कानून हो । कानून ‘टुल फर इन्जस्टिस’ पनि हुन सक्छ ।
नेपालको इतिहासमा धेरै ठाउँमा कानून ठिक हुनुपर्छ भनेर हामीले गुजार्यौँ । कानूनलाई कसरी जीवन्त बनाउने, कसरी न्याय भोग्न सक्ने, अधिकार स्थापना हुनेगरी बनाउने विषयमा कुरा ग¥यौँ । छोरीलाई पनि सम्पत्तिमा अधिकारको लागि मुद्दा लडेँ । अहिले कानून बनेर यो स्थितिमा आएको छ । हुन त अझै पनि कतिपय कुरा कानूनले रिकग्नाइज गरे पनि न्याय पाएको अवस्था छैन ।
मलाई सबैभन्दा गाह्रो लागेको चाहिँ वैवाहिक बलात्कारको मुद्दा थियो । पारिवारिक संरचना, सामाजिक संरचना भत्काउने भन्ने तर्क वितर्क आए । तर अन्ततः सर्वोच्च अदालतले भन्यो बलात्कार भनेको बलात्कार हो, जसले गरे पनि । यो सबैभन्दा गम्भीर अपराध हो । नाता सम्बन्ध भन्दैमा यो कसूरमा उन्मुक्ति हुँदैन । यसरी नेपाल साउथ एसियामै वैवाहिक बलात्कारलाई अपराध मान्ने देश बन्यो । इच्छाविपरीत श्रीमतीसँग पनि सम्बन्ध राख्न नपाउने अधिकार स्थापित भएको छ ।
लयर हुनुको एउटा महत्वपूर्ण कुरा के हो भने लयर भएर तपाईँ आफू मात्र सशक्त हुनुहुन्न, तपाइँले धेरैलाई सशक्त बनाउन सक्नुहुन्छ । समाजमा परिवर्तन ल्याउनका लागि शक्तिमा बस्नुपर्छ भन्ने नै हुँदैन । तपाईँले कानून व्यवसायी बनेर परिवर्तन गर्न सक्नुहुन्छ, कानूनलाई चुनौती दिन सक्नुहुन्छ । अन्य पेसाभन्दा यसमा परिवर्तनका लागि लड्न सहज छ ।
वकील भएरै बसिरहँदा संविधान लेख्ने ठाउँमा आउँछौ भन्दा म गएँ । मौलिक अधिकारको स्थापनाका लागि काम गरेँ । अहिले फरक भूमिकामा न्यायपालिकामा छु । अहिले पनि हामी कसरी हेर्छौँ भनेर न्याय अन्यायका फरक अनुभूतिहरु छन् । अब कसरी न्याय दिलाउने भन्ने चुनौती छ ।
सबै कुरामा न्याय अदालतबाटै हुन्छ भन्ने सोच्नु हुँदैन । अन्यायको प्रकृति हेर्नुपर्छ । हुन त न्यायको अनुभूति गराउने राज्यले नै हो । अन्यायमा परेकाहरु औपचारिक संरचनाको माध्यमबाट न्याय खोज्नुहुन्छ । तर कतिपय कुरामा मध्यस्थता, मेलामिलापका माध्यमबाट पनि हेर्नुपर्ने हुन्छ ।
महिला न्यायाधीश कम छन्
न्याय स्वच्छचा हो, बराबरी र निडरपन हो । मलाई सुशीला कार्की (नेपालकी पहिलो महिला प्रधानन्यायाधीश) को मनपर्ने कुरा के हो भने निडरपन । करेजियस हुनु जजको लागि महत्वपूर्ण कुरा हो ।
न्यायको मूर्ति हेर्दा महिलाको छ, तर न्याय दिने ठाउँमा महिला छैनन् । भारतमा हेर्ने हो भने अहिलेसम्म प्रधानन्यायाधीश महिला भएकै छैनन् ।
पछिल्लो समय भारतमा न्यायमूर्तिको आँखाको पट्टि हटाइएको छ । न्यायको मूर्तिमा आँखा बन्द गर्नुको अर्थ के हो भने न्यायाधीशका लागि सबै बराबर हुन्, कतै कुनै प्रभावमा परेर न्याय दिएको होइन । तर अहिले हेरेर, मनन् गरेर न्याय दिनुपर्छ भन्ने कुरा आइरहेका छन् ।
समयसँगै न्यायको परिभाषा परिवर्तन भइसकेको छ । पहिले कसूरदारलाई दण्ड दिनेगरी न्याय गर्थ्यौँ । अहिले क्षतिपूर्ति सहितको न्यायको अवधारणा आएको छ । सुधारात्मक दण्ड प्रणालीमा हामी गइरहेका छौँ । वैकल्पिस दण्ड प्रणाली अपनाएका छौँ ।
अहिले हरेक विषय अदालतसम्म पुग्ने गरेका छन् । राजनीतिक, सामाजिक, अर्थजस्ता विविधतायुक्त मुद्दामा प्रकृति र जटिलता हुन्छन् ।
बलात्कारको फैसलामा पनि विविध व्याख्या भएका छन् । पीडितले फरक फरक घटनास्थल भनेपछि जिल्ला र उच्च अदालतले प्रतिवादीहरुलाई सफाइ दिएका घटनामा पनि सर्वोच्चले फरक व्याख्या गर्दै दोषी ठहर गरेको छ । बलात्कारको घटनामा पीडितको शरीर नै घटनास्थल हो भन्ने फैसला भएको छ । यसरी न्यायपालिकाले न्याय दिन खोजिरहेको छ । तर जसका लागि हामीले निर्णय गर्यौँ उसले अनुभूत गर्न पायो कि पाएन भन्ने महत्वपूर्ण हो ।
यौन र कानूनी शिक्षाबाट हिंसा कम गर्न सकिन्छ
अपराधविहीन समाज बनाउन सकिँदैन तर न्यूनीकरण भने गर्न सकिन्छ । गम्भीर हुनुपर्ने कुरा के छ भने अहिले सबैभन्दा बढी फौजदारी अपराधको घटनामा मुद्दा पर्ने भनेको बलात्कारको हो । कुन अपराधमा सबैभन्दा बढी मान्छे जेलमा छन् भन्दा बलात्कारको मुद्दामा ।
कोरोना कालमा सबै हिंसा एकदम घटे । तर महिलाविरुद्धको हिंसा थुप्रै बढ्यो । घरेलु हिंसा, बलात्कार र साइबर अपराधजस्ता घटना बढे । कानूनले मात्र हुँदैन । कानून छ, दायराभित्र आउँछ भनेर हामीले जानकारी गराउन सकेका छैनौँ । कानून आफै आएर न्याय दिने होइन ।
सेक्स एजुकेसन एकदम जरुरी छ । यहाँ एक्स्पलोर गर्ने मान्छे छन् । क्युरियोसिटी हुने हुनाले यो विषयमा जानकारी दिनु जरुरी छ ।
न्यायालय स्वतन्त्र छ
न्यायालयको कुरा गर्दा अहिले न्यायालयले केही गरेको छैन भन्न सकिँदैन । स्वतन्त्रता न्यायपालिकाको एकदमै महत्वपूर्ण तत्व हो ।
अहिले डर के भएको छ भने न्यायाधीश नियुक्ति, सिफारिस प्रक्रिया राजनीतिक छ । प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद् राजनीतिक छ । संसदीय सुनुवाइको प्रक्रिया पनि उस्तै छ । न्याय परिषद् आफै राजनीतिक भएको छ ।
कानून व्यवसायी पृष्टभूमिबाट न्यायाधीश हुनुभएका सबैको कुनै न कुनै राजनीतिक दलसँग निकटता हुन्छ । तर उसको निष्पक्षता भनेको फैसलाबाट हेर्ने हो, काम गराइबाट हेर्ने हो । कोबाट सिफरिस भयो भन्दा पनि संविधानअनुसार गर्यो कि गरेन भन्ने परिक्षण गर्ने हो । गत वर्ष हामी रुल अफ लको सूचकांकमा पहिलो नम्बरमा पुग्यौँ ।
हामीलाई निश्चय नै दवाब आउँछ । सञ्चारमाध्यम, सामाजिक सञ्जाल, भीड, राजनीतिक, अर्थ सबै प्रभाव नै हुन् । तर हामी प्रभावित भयौँ भने न्याय मर्छ, त्यसैले निडरपन नै न्यायाधीशको गुण हो ।
मैले प्रतिनिधि सभा विघटनको फैसला गर्दा दुई कुरा आए । पहिलो तिमीलाई प्रधानन्यायाधीश बनाउँदैनन् भन्ने । मैले भनेँ, म प्रधानन्यायाधीश बन्न न्यायाधीश बनेको होइन । न्यायाधीश बन्न बनेको हुँ । म जुन भूमिकामा छु, सम्झौता गर्दिनँ । अर्को तिमीलाई जीवनको डर छैन भने । मैले भनेँ, म राष्ट्र, संविधान, सार्वभौमसत्तामा सम्झौता गर्दिनँ । यहि कारणले जीवन दाउमा लाग्छ भने लागोस् । संविधानको मर्मभन्दा बाहिर जाँदिन ।
(शुक्रबार ह्वाइटहाउस लिटेरेचर फेस्टिभलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले राखेको मन्तव्यको सम्पादित अंश)
I admire your ability to break down complex ideas into accessible segments. Well done!
This is the type of information I always search for online; truly informative and helpful.
Your specialized knowledge stands out in this piece; I’m impressed.
Pretty nice post. I simply stumbled upon your weblog and
wished to say that I have truly enjoyed surfing around your blog posts.
After all I will be subscribing in your rss feed and I
am hoping you write again very soon!
my website; Check it out
Your website provides high-quality information on related topics. Keep up the fantastic work.
I appreciate the unique perspective and creativity in your writing.
Magnificent beat ! I wish to apprentice while you
amend your website, how could i subscribe for a blog site?
The account aided me a acceptable deal. I had been a little bit acquainted of this your broadcast offered bright clear concept
My page – View more
Your posts have the perfect balance of information, illustrations, and personal accounts.
I enjoy how you present information in a concise and logical manner that is simple to understand.
Thanks a lot for taking the time to share such valuable insights. It’s always refreshing to get fresh perspectives on important topics like this.
I adore how your unique personality shines through in your words. It feels like we’re having a meaningful dialogue.
dxgxzo