२ माघ, काठमाण्डौ
दक्षिण कोरियाका यून सुक योल पक्राउ पर्ने देशका पहिलो राष्ट्रपति बनेका छन् । गएको डिसेम्बर महिनामा यूनले देशमा सैन्य कानून (मार्शल ल) लगाउने असफल प्रयास गरेपश्चात उनमाथि महाभियोग तथा राजद्रोह जस्ता आरोप लागेका थिए । संवैधानिक अदालतले हाल यूनलाई महाभियोग मार्फत राष्ट्रपतिको पदबाट हटाउने आदेश भने दिएको छैन । तसर्थ यून हाल पनि प्राविधिक रूपमा कोरियाका राष्ट्रपति नै रहेका छन् ।
बीबीसीका अनुसार राष्ट्रपतिले पक्राउ पर्नु अघि एउटा भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा यूनले हिंसा रोक्न आफु उच्च पदाधिकारीहरुका लागि बनेको करप्शन इनवेस्टिगेशन अफिस (सीआईओ) जान तयार रहेको बताए । तीन मिनेट लामो उक्त भिडियोमा यूनले जाँचमा सहयोग दिने आश्वाशन दिएका थिए तर उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरेका छन् । यूनले बारम्बार आफूमाथि जारि भएको पक्राउ पुर्जा कानुनि नरहेको गुनासो गर्दै आएका छन् ।
यूनलाइ यस अघि ३ जनवरीमा हिरासतमा लिने प्रयास गरिएको थियो तर बुधवार बिहानको अभियानले मात्र उनलाई पक्रन अनुसन्धानकर्मी सफल भएका छन् । सीआईओले पुछ्ताछ्का लागि जारि गरेको धेरै सामनहरु बेवास्ता गरे पछी उनि विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
यदी यूनको गिरफ्तारी को ४८ घण्टा भित्र अदालतद्वारा हिरासतमा लिने वारंट जारि गरिएन भने यून रिहा पनि हुनसक्ने छन् । त्यसपछि उनि राष्ट्रपति निवास फर्कन पनि स्वतन्त्र हुनेछन् ।