डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष सिंहलाई कैद र जरिवाना

इसमाद इसमाद    116 Views
डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष सिंहलाई कैद र जरिवाना
0Shares

२५ पुष, काठमाडौं।

विशेष अदालतले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा एक जनालाई दोषी ठहर गरेको छ । डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहमाथि कसुर कायमको फैसला भएको हो ।

बिहीबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । विशेषका सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई कैद र जरिवाना हुने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ३१ भदौमा सिंहमाथि मुद्दा चलाएको थियो । उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेको शैक्षिक प्रमाणपत्रहरु नक्कली भएको दाबीसहित मुद्दा दायर भएको थियो ।

सिंहले इन्टरमिडियट (पिसिएल) र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेका थिए । यस मुद्दामा उनलाई ६ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको हो ।

5 thoughts on “डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष सिंहलाई कैद र जरिवाना

  1. 🖥 Ticket; TRANSFER 1.766302 bitcoin. GET =>> https://graph.org/Message--120154-03-25?hs=17e123315feb43e6e72d0f21e9db20be& 🖥 says:

    whu25v

Leave a Reply to Shay Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार