अन्डाको मूल्यमा ‘अस्वाभाविक’ वृद्धि

इसमाद इसमाद    63 Views
अन्डाको मूल्यमा ‘अस्वाभाविक’ वृद्धि
0Shares

१८ पुष, काठमाडाैं।

नेपालमा पछिल्लो पटक कुखुराको अन्डाको मूल्य बढेको छ । यो पहिलो पटक भने होइन । केही समय यता अन्डाको मूल्य कमबेसी हुँदै आएको छ ।

तर कृषकका अनुसार भने कुखुरापालकलाई नोक्सानी भएको अवस्थामा केही राहत मिलेको छ । यसलाई मूल्यवृद्धि नभइ कृषकले लगानी उठाउन लागेको रुपमा बुझ्नुपर्ने उनीहरुको भनाइ छ ।

कुखुरापालक किसानले लागत उठाऊन् भनेर समर्थन मूल्य तोकिने गरेको छ । राजधानीमा अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँसम्म पुगेको उपभोक्ताहरुको गुनासो छ । अर्कोतिर नेपाल लेयर्स कुखुरापालक सङ्घले भने अण्डाको खुद्रा मूल्य प्रतिगोटा २२ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।

ठूलो अण्डाको लागत मूल्य नै प्रतिगोटा १६ रुपैयाँ ५७ पैसा पुगेको छ भने खरिदकर्ताले १७ रुपैयाँ प्रतिगोटामा फार्मबाट किन्ने गरेका छन् । यसको ढुवानीसमेतका लागत जोड्दा खुद्रा विक्रेताले प्रतिगोटा १९ देखि २० रुपैयाँमा अण्डा पाउने गरेका छन् । तर पसलबाट उपभोक्ताकहाँ पुग्दा भने यसको मूल्य २२ रुपैयाँ ५० पैसासम्मम पुग्ने गरेको कृषकहरुको भनाइ छ ।

कुखुरापालक किसानका अनुसार जाडो महिनामा अण्डाको खपत बढ्ने तर उत्पादन घट्ने भएकाले मूल्य बढेको बताएका छन् । ४४ लाख वटासम्म प्रतिदिन हुने उत्पादन अहिले घटेर २३ लाखमा झरेको छ ।

1 thought on “अन्डाको मूल्यमा ‘अस्वाभाविक’ वृद्धि

  1. That is very fascinating, You’re an excessively professional blogger.
    I’ve joined your rss feed and stay up for in the hunt
    for extra of your wonderful post. Additionally,
    I’ve shared your site in my social networks

    Stop by my web site … More information

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार