चिनीयाँ अनुदान : हालसम्म ९३ अर्ब रुपैयाँको आश्वासन

इसमाद इसमाद    88 Views
चिनीयाँ अनुदान : हालसम्म ९३ अर्ब रुपैयाँको आश्वासन
1Shares

१९ मंसिर, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरेसँगै नेपाललाई प्रतिबद्धता गरिएको अनुदान रकमबारे चर्चा चुलिएको छ । यस पटक चिनियाँ राष्ट्रपति शि जिनपिङले नेपाललाई ५० करोड युआन अर्थात् झन्डै ९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरे ।

यो पहिलो पटक भने होइन । चिनियाँ राष्ट्रपतिले पाँच वर्ष अघि दुई पटक गरेर नेपाललाई करिब ८५ अर्ब रुपैयाँबराबर अनुदान दिने घोषणा गरेका थिए । यसैगरी प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भने चीनले २ अर्ब ७० करोड रुपैयाँ नगद सहयोग दिने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २०१९ मा गरेको चीन भ्रमणका क्रममा चीनले १ अर्ब चिनियाँ युआन अर्थात करिब १९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । त्यसलगत्तै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको क्रममा उनले साढे ३ अर्ब चिनियाँ युआन अर्थात करिब साढे ६५ अर्ब रुपैयाँ अनुदान दुई वर्षभित्र नेपाललाई उपलब्ध गराउने घोषणा गरेका थिए ।

तर यी घोषणाअनुसार अहिलेसम्म एक पैसा पनि नेपालले पाएको छैन । हालको अनुदान घोषणासमेत जोड्दा चीनबाट नेपालले पाउनुपर्ने अनुदान रकम ९३ अर्ब रुपैयाँ पुगे पनि ती रकम नेपालले पाइ नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

यद्यपि यस अघिका केही परियोजना जसमा नेपाल स्पष्ट थियो, ती भने कार्यान्वयन भइसकेका छन् । नेपालले ठोस योजनाबिना रकम माग्नु नेपालको ठूलो कमजोरी रहेको कूटनीतिज्ञहरुको भनाइ छ ।

5 thoughts on “चिनीयाँ अनुदान : हालसम्म ९३ अर्ब रुपैयाँको आश्वासन

  1. Your blog consistently produces great content and this post is not different. Your ideas are well presented and the content is extremely engaging. Keep it up!

  2. Hiya! I know this is kinda off topic nevertheless I’d figured I’d ask.
    Would you be interested in trading links or maybe guest writing a blog post or vice-versa?
    My site discusses a lot of the same subjects as
    yours and I think we could greatly benefit from each other.
    If you might be interested feel free to shoot
    me an email. I look forward to hearing from you!

    Awesome blog by the way!

    Also visit my web blog … Subscribe today

  3. It is the best time to make a few plans for the long run and it is time to
    be happy. I’ve read this post and if I may I wish to recommend you few
    attention-grabbing issues or advice. Perhaps you can write next
    articles regarding this article. I desire to read even Learn more things approximately it!

  4. Your blog has rapidly become my preferred source for motivation. I sincerely appreciate for sharing your thoughts.

  5. Your enthusiasm is genuinely contagious, instilling no choice but to feel excited about the captivating topics you discuss.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार