सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नीलाई नक्कली प्रमाणपत्र मुद्दामा कैद सजाय

इसमाद इसमाद    91 Views
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नीलाई नक्कली प्रमाणपत्र मुद्दामा कैद सजाय
0Shares

२७ असार, काठमाडौं

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएकी छिन् । बिहीबार उनलाई विशेष अदालतले कैद तथा जरिवानाको सजाय तोकेको हो ।

गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा उनलाई ६ महिना कैद सजाय तोकिएको विशेष अदालतले जनाएको छ । साथै उनलाई १० हजार रुपैयाँ जरिवानासमेत हुने भएको छ ।

गीतामाथि ०७९ को ७ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापा सम्मिलित इजलासबाट फैसला आएको हो ।

गीताले कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ९ स्थित श्री शिव माध्यमिक विद्यालयमा प्राथमिक तहमा पढाउँदै आएकी थिइन् । उनी त्यहाँ राहत शिक्षकका रुपमा कार्यरत थिइन् ।

उक्त पदका लागि उनले नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । उनले भारतबाट एउटै तहका दुई वटा माध्यमिक उत्तीर्ण सरहका (कक्षा १०) प्रमाणपत्र ल्याएकी थिइन् ।

अनुसन्धानका क्रममा ती दुवै प्रमाणपत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो । गीताले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १६(१) बमोजिम कसुर गरेको भन्दै इजलासले उनलाई सजाय सुनाएको हो ।

1 thought on “सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नीलाई नक्कली प्रमाणपत्र मुद्दामा कैद सजाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार