राष्ट्रिय अनुसन्धानका अधिकृतको नक्कली प्रमाणपत्र, पाँच हजार जरिवाना

इसमाद इसमाद    89 Views
राष्ट्रिय अनुसन्धानका अधिकृतको नक्कली प्रमाणपत्र, पाँच हजार जरिवाना
7Shares

२६ असार, काठमाडौं

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत माधव बस्नेत नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएका छन् । बुधबार विशेष अदालतले उनलाई पाँच हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो ।

तत्काल प्रचलनमा रहेको भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार उनलाई उक्त सजाय सुनाइएको हो । ऐनको दफा १२ अनुसारको कसूर गरेको भन्दै उनलाई विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले जरिवानाको सजाय तोकेको हो ।

बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष २४ मंसिरमा मुद्दा दायर गरेको थियो । उनी ०५४ सालको माघदेखि राष्ट्रिय अनुसन्धानमा कार्यरत थिए ।

सहायक निरीक्षकको पदमा नियुक्ति पाएका उनले बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो । बस्नेतले माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल उत्तीर्ण गरेको भनी झुठो प्रमाणपत्र पेस गरेका थिए ।

2 thoughts on “राष्ट्रिय अनुसन्धानका अधिकृतको नक्कली प्रमाणपत्र, पाँच हजार जरिवाना

  1. Your platform holds my attention throughout. I find myself pulled into every word you write.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार